नेपाल एयरलाइन्सको जहाजमार्फत् २६ सय ४५ थान अक्सिजन सिलिन्डर भित्रियो

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कोरोनाको दोस्रो लहर सुरू भएसँगै साढे २ हजार अक्सिजन सिलिन्डर नेपाल भित्रिएको छ।।

निगम महाप्रबन्धक डिम प्रकाश पाैडेलका अनुसार अहिलेसम्म निगमका जहाजमार्फत् आधा दर्जनभन्दा बढी उडानमार्फत् २ हजार ६ सय ४५ अक्सिजन सिलिन्डर नेपाल भित्र्याइएको हो ।
निगमको जहाजले चीनबाट मात्रै ५ वटा उडानबाट सिलिन्डरलगायतका सामान ल्याइसकेको छ। निगमको जहाजले हालसम्म ५३७ अक्सिजन कन्सर्नटेटर, १६ सय अक्सिजन, ईन्हेलेटर १० र १० थान रेस्पिरेटर ल्याएको छ।

यस्तै, ५ हजार अक्सिजन कन्टेनर, ५६० रेगुलेटर र साना प्याकेजिङ करिब १४ केजी ल्याएको महाप्रबन्धक पाैडेलले जानकारी दिए। यस्तै, जहाजले आज सिंगापुरस्थित तीन वटा फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको२० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री लिएर आउँदै छ। सिंगापुरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन र गोर्खा ब्रुअरीको संयुक्त सहकार्यमा उक्त रकम बराबरको स्वास्थ्य सामग्री सहयोग आउने जनाइएको छ।

यी तीन फाउन्डेसनले कोभिड बिरामीको उपचार गर्न प्रयोगमा आउने भेन्टिलेटर, पल्स अक्सिमिटर र स्वाब किटलगायतका स्वास्थ्य सामग्री सहयोगस्वरूप उपलब्ध गराउने छ।