यी श्रीमान् जसले ८ घण्टा पिठ्यूँमा बोकेर कोरोना संक्रमित श्रीमतीलाई अस्पताल पुर्‍याए

कालीकोटकी एक कोरोना संक्रमित महिलालाई उनका श्रीमानले ८ घण्टा पिठ्यूँमा बोकेर सदरमुकाममा रहेको को-भिड अस्पताल पुर्‍याएका छन् ।सोमबार कालीकोटको नरहरिनाथ गाउँपालिका– ६ की भरु बिकलाई उनका श्रीमान् गज्जे बिकले पिठ्यूँमा बोकेर ८ घण्टामा कालिकोटको सदरमुकाममा रहेको को-भिड अस्पतालमा भर्ना गराएका हुन् ।

यातायातको सुविधा नभएको नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म गज्जेले श्रीमतीलाई पिठ्यूँमा नै बोकेर ल्याएका थिए । राजमार्गमा पनि सवारीसाधन नपाउँदा बोकेर नै सदरमुकाम ल्याएको गज्जेले बताए ।दमको रोगी रहेकी आफ्नी श्रीमतिलाई गाउँमा दमले बढी च्यापेपछि सदरमुकाममा रहेको अस्पतालमा बोकेर नै ल्याएको गज्जेले बताए ।

‘पहिलादेखि नै यो दमको रोगी थिई । गाउँमा बिरामले च्यापेपछि सदरमुकाममा ल्याएको हुँ,’ उनले भने, ‘दमको रोग बढेपपछि गाउँमा कोरोना संक्रमित होली भनेर कसैले सहयोग नगरेका कारणले आफू एक्लैले सदरमुकाम ल्याएको हुँ ।’मान्म सदरमुकाममा रहेको को-भिड अस्पतालमा चेकजाँच गर्दा उनमा कोरोना पोजिटिभ देखिएको को-भिड अस्पतालका प्रमुख डा. राजकमल कार्कीले बताए ।

‘उहाँले श्रीमतिलाई बोकेर अस्पतालमा पुर्याउनु भएको हो,’ कार्कीले भने, ‘उहाँमा दम रोग रहेछ । अक्सिजनको मात्र कम रहेको छ । उहाँको उपचार अहिले अक्सिजन दिएर भइरहेको छ ।’स्थानीय तथा जिल्ला तहका अस्पतालहरूले कोरोना संक्रमितका बिरामी एम्बुलेन्स र कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितका जटिल बि’रामीलाई हेलिकप्टरबाट उद्दार गर्ने निर्णय गरेको भए पनि गज्जेले त्यसबारे जानकारी नभएको बताए ।

‘त्यो कुरा त ठूलाबडालाई थाहा होला । म गाउँमा बस्ने साधारणलाई के थाहा ?’ उनले भने, ‘वडा अध्यक्षले बोकेर मान्म कोरोना अस्पतालमा लैजा भन्नुभयो । त्यही आधारमा ल्याएको हुँ ।’कर्णाली प्रदेश सरकार र स्थानीय तहले कोरोना संक्रमितका बिरामीलाई उपचार तथा उनीको उद्दारका लागि बिभिन्न नीति नियम बनाएको भए पनि दुर्गम तथा पिछडिएका सर्वसाधारणले त्यसको सहुलियत प्रयोग गर्न सकेका छैनन् ।