चीनले पठाएको स्वास्थ्य सामग्री काठमाडौं भित्रिँदै

चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ ।

ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई जिम्मा दिई बेलुकासम्म राजधानी पुग्ने भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए ।

अनुदानमा प्राप्त सामग्रीहरूमा १९५ लिटरको लिक्युड अक्सिजन सिलिन्डर १८ हजार ९०० केजी, २१० लिटरको लिक्विड अक्सिजन सिलिन्डर १० हजार १५० केजी, अक्सिजन टिप ७५० थान र अक्सिजन इनालेटर ३०० थान रहेका छन् ।

उक्त सामग्रीहरू अति संवेदनशील भएकोले दमकलसहित प्रहरीको सुरक्षा घेरामा पठाइने व्यवस्था मिलाइएको छ । अरु आउन बाँकी सामग्रीहरू केही दिनमा आईपुग्ने सूचना अधिकृत ढकालले जानकारी दिए ।