जनताले आफ्नो धैर्यताको सिमा तोडने बेला आएन र ?— रेखा थापा

लोकप्रिय नायिका रेखा थापाले आफ्नो स्टाटस फेसबुक बाट सार्वजनिक गर्दै राजनैतिक दलका प्रमुख नेताहरुको राजनैतिक स्वार्थ र दौड़धूप बारे आपत्ति जनाएकी छिन् ।

नेपालमा कोरोना नै कारण रोग र भोकले धेरैको ज्यान दिनप्रतिदिन गइरहेको छ ।लकडाउन र यो घातक कोरोनाले नेपालको जनजीवन प्रभावित भएको छ ।

पछिल्लो समय नेपाली राजनिति को बजारमा अत्यन्तै दुखलाग्दो दौड़धूप चलिरहेको छ ।यो समयमा नेपाली नागरिक ऑक्सीजन नपाएर मरिरहेका छन् तर नेताहरुलाई मतलब नभएको कुराप्रति नायिका थापा चिन्तित बनेकी हुन् ।

देश कोरोनाको बैश्विक महामारी कहाली लाग्दो आतंकमा परेको छ भन्दै नायिका थापाले मानवजाती र महामारी बिचको लडाईंमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप चल्नु दुखद रहेको स्पष्ट बताईन् ।

अर्को प्रसंग मा थापाले भनिन् ,’ नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वाश त पाएकै छन (आकार फरक होला)। प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिदैनन ।’