भीरबाट लडेर आमा छोरीको ज्यान गयो

सिन्धुपाल्चोकमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बाह्रबिसे नगरपालिका-८ का सपना तामाङ र डेढ वर्षीया डोल्मा तामाङ रहेका छन् ।

उनीहरु एकैघरका आमा र छोरी हुन् ।

उनीहरुको बुधबार बिहान भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।