निशुल्क खाना खुवाउने अभियानमा सहयोग गर्दै श्वेताले भनिन्, ‘सामाजिक क्षेत्रलाई मनले जोड्छु”

नायिका श्वेता खड्का र उनको परिवारले कोरोना भाइरस माहामारीमा निशुल्क खाना खुवाउने हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेकी छन्। हाम्रो टिम नेपालकी सदस्य इशा गरुङले श्वेताको परिवारले अहिलेसम्म १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेकी छन्।

इशाको यही पोष्टलाई शेयर गर्दै नायिका खड्काले फेसबुकमा सामाजिक क्षेत्रलाई आफ्नो अभिनय कर्मले नभई मनले जोडेर राख्न चाहेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘मेरो क्षमता, गक्षता र सिपले जे भ्याउँछ, त्यही प्रयोग गर्दै मनबाट नै सामाजिक सेवामा होमिने छु। मेरो जीवन रहेसँम्म समाजप्रतिको जिम्मेवारी भूल्ने छैन। यो मेरो प्रण हो।’

लेखेकी छन्, ‘यहाँ मन नलागे पनि हाँस्नुपर्छ, मन नलागी नलागी रुनु पर्छ। थाकेको हुन्छु, नाँच्नु पर्छ। मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नुपर्छ।

त्यो सिनेमाको पाटो हो। तर सामाजिक कामको जिम्मेवारी अर्कै छ। जहाँ अभिनय भन्दा पनि वास्तविक जीवनको भोगाईमा सम्मिश्रित भइन्छ। अर्काको दुख आफ्नै जस्तो लागेर रोइन्छ, अनि अर्काको सुखमा हाँसी खुसी भइन्छ। जहाँ मन जोडिन्छ, त्यहाँ भावना जोडिन्छ।’