‘माधव प्रचण्डलाई अब जनताले कोल्याप्स हान्दिन्छन्- गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले अब माधव नेपाल र प्रचण्डलाई जनताले कोल्याप्स हान्दिने बताएका छन् । उनले फेसबुक र ट्वीटरमा एक स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् । बाँस्कोटाले उनीहरुलाई सके चौका दाउ हान्न नसके कोल्याप्स हुन तयार रहनु भनेका छन् ।

उनी सामाजिक सञ्जालमा लेख्छन्, जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोल चक्करमा रिङगाउने षडयन्त्र समाप्त । अब माधब प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु, जनताले कोल्याप्स हान्दिए भने सक्यो । गुनासोको काम छैन । विधी, पद्दती लगेर कर्णालीमा सेलाउनु ।