स्वीट्जरल्यान्डले पठाएको ९४ करोडको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौं : कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वीट्जरल्यान्ड सरकारले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ।

८० लाख अमेरिकी डलर अर्थात करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुगेको हो। उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।

नेपालले गरेको आग्रह अनुसार स्वीट्जरल्याण्डले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको नेपालस्थित स्विज राजदूतवासले जनाएको छ। स्वास्थ्य सामग्रीमा ४० थान भेण्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, ११ लाख र्‍यापिड एण्टिजेन टेस्ट, १ लाख १० हजार केएन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन्।