नोबेल शिक्षण अस्पतालमा १८ घण्टामा १० संक्रमितको मृ’त्यु

विराटनगरको नोबेल मेडिकल कलेजमा थप १० जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । संक्रमणपछि उपचारका लागि भर्ना भएका १० जनाको १८ घण्टाभित्र मृ’त्यु भएको हो । मृतकमध्ये पाँच जना ५० वर्षभन्दा कम उमेरका छन् । शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृ’त्यु भएको थियो ।

शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय पुरुषको शनिबार मृ’त्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि उनी वैशाख ३० गते अस्पतालमा भर्ना भएका थिए ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ७० वर्षीय वृद्धको पनि गएराति करिब १ बजे मृ’त्यु भएको छ । उनलाई जेठ २ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

महोत्तरीको बर्दिवास नगरपालिका–१ का ५१ वर्षीय पुरुष र बर्दिवास–५ का ६० वर्षीय पुरुषको पनि मृ’त्यु भएको छ । ५१ वर्षीय पुरुषलाई वैशाख २६ गते भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे ११ बजे मृ’त्यु भएको हो । बर्दिबास–५ का पुरुषलाई बिहीबार नोबेलमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान पौने ११ बजे मृ’त्यु भएको हो ।

शुक्रबार राति करिब १० बजे झापाको कन्काई नगरपालिकाका ५२ वर्षीय पुरुषको मृ’त्यु भएको छ । उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–९ का ७५ वर्षीय वृद्धको शुक्रबार बेलुका करिब ७ बजे मृ’त्यु भएको छ । उनलाई शुक्रबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।

मोरङको धनपालथान गाउँपालिका–६ की ३५ वर्षीया महिलाको पनि शुक्रबार राति ९ बजे मृ’त्यु भएको छ । उनलाई जेठ ७ गते भर्ना गरिएको थियो । झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका–५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका–३ का ३८ वर्षीय पुरुषको पनि मृ’त्यु भएको नोबेल अस्पतालले जनाएको छ ।