माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

संविधानविपरीत संसद विघटन गरिएको भन्दै नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि मजबुत आधार पेश गरेको अवस्थामा पनि संसद विघटन गरिएपछि शनिबार ३ बजेका लागि बैठक बोलाइएको हो।

माओवादी केन्द्रका एक नेताका अनुसार संविधानविपरीत संसद विघटन गरिएपछि ३ बजेका लागि बैठक डाकिएको छ । र, बैठकमा सरकारको कदमविरुद्ध अघि बढ्नेबारे निर्णय गरिने ती नेताले बताए ।

संसद विघटन गर्ने निर्णयसँगै माओवादी केन्द्रसहित प्रमुख ५ राजनीतिक दलले संसद विघटन अस्वीकार गरेका छन् । र, कानुनी लडाइका लागि लड्ने दलहरुको निर्णय रहेको छ ।