जन्मिने क्रममा नवजात बालिकाको मृ’त्यु, अस्पतालले बालिकाको लाश भन्दै मरेको मुसा दियो

काठमाडौं। अस्पतालमा सुत्केरी हुने क्रममा आमाको ज्यान बाँच्यो तर जन्मिँदै गरेकी बालिकाको मृ’त्यु भयो । त्यसपछि अस्पतालले ती दम्पतीलाई नवजात शिशुको शव भन्दै एउटा पोको दियो । तर, त्यो पोकोभित्र उनीहरुकी नवजात छोरीको श’व नभइ मरेको मुसा भएको दम्पतीले आरोप लगाएका छन् ।

बालिकाको अन्तिम संस्कार गर्नुभन्दा पहिले बालिकाका पिता ड्यानियल अलेजान्द्रो जारामिलो बालिकाको शव हेर्न मुर्दाघरमा गएपछि यसको खुलासा भएको हो । दम्पतीले यसबारे उजुरी गरेका छन् । द सनमा प्रकाशित समाचारअनुसार ड्यानियलकी पत्नी जारी ड्यानिएला भेलेज २८ हप्ताकी गर्भवती थिइन् । उनलाई कोलम्बियाको तुलुआ सहरको तोमास उराइब उराइब अस्पतालमा भर्ना गरिएको थियो ।

मे १५ मा उनकी नवजात छोरी एमिली समाराको जन्मिने क्रममै मृत्यु भयो । बालिकाको मृ’त्यु भएपछि ड्यानियल मुर्दाघरमा जाँदा एक जना मुर्दाघरका सहायकले त्यहाँ भएको एक बक्स खोले । त्यो बक्सको बाहिर मृत बालिकाको विवरण लेखिएको थियो र भित्र रातो प्यास्टिक थियो । त्यो प्यालस्टिक खोलेर हेर्दा त्यहाँभित्र एक जोडी लेटेक्स पञ्जा र एउटा मरेको मुसा थिए । परिवारले यसबारे उजुरी गरेको बताइएको छ ।

जारीकी कजिन माजो भेलेजले सामाजिक संजालमा पोस्ट गर्दै अस्पतालले बालिकाको शव अभिभावकलाई दिन माग गरेकी छिन् । ‘अस्पतालमा उनीहरुले हामीलाई मरेको मुसा दिए, म उनीहरुसँग बालिकाको शव दिन माग गर्छु’ उनले लेखेकी छिन् । १७ मेका दिन अस्पतालले एक वक्तव्य जारी गर्दै परिवारसँग माफी मागेको छ र यस विषयमा आन्तरिक जाँच हुने बताएको छ । अस्पतालले वक्तव्यमा शव हराएकोप्रति दुख व्यक्त गरेको छ ।

अस्पतालका कर्मचारीले अझैसम्म बालिकाको शव फेला पार्न नसकेको बताइएको छ । स्थानीय अखबार भाल्ले अल इन्स्टान्टेसँग कुरा गर्दै भनेका छन् ‘मैले चाहेको कुरा भनेको न्याय र मेरी छोरीको शव हो ताकि म उनलाई क्रिस्चियन अन्तिम संस्कार दिन सकुँ ।’ परिवारले अस्पतालको लापरवाहीबारे प्रशासनमा उजुरी गरेको बताइएको छ ।