तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरि तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकी प्रतिनिधिसभा विघटन भएर कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएको छ ।

मिति तोकिए लगत्तै प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरुसँग बालुवाटारमा छलफल गरेका हुन् । प्रधानमन्त्रीले निर्वाचन आयोगले आफ्नो तयारी थाल्नुपर्ने भन्दै निर्वाचन अपरिहार्य भएकाले मुलुक त्यसतर्फ अघि बढेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा आयोगका सबै आयुक्त सहभागी थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समेत बैठकमा सहभागी थिए ।

आयोगका प्रमुख आयुक्त थपलियाले निर्वाचन आयोग तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयार रहेको बताएका थिए ।