यो चुनावको अर्थ छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसम्मत घोषणा नभएको चुनावको अर्थ नभएको बताएका छन् । आज सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

“यो निर्वाचन गर्नका लागि घोषणा गरिएकै छैन । त्यो हामीलाई विश्वास छैन । दोस्रो कुरा, यो संविधानसम्मत छैन । त्यसकारण यो चुनावमा के गर्ने भन्नेबारे छलफल गर्दै छौँ,” उनले सञ्चारकमीसँग भने ।

उनले संसद् विघटनको कदमका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद सुरु गरिने पनि बताए । कोरोना महामारीविरुद्ध प्रतिवादमा उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र गरेको उनको आरोप छ ।

प्रचण्डले अघिल्लोपटक भएको संसद्विघटन विरुद्ध जनता सडकमा आएकाले जनता त्यसका विरुद्ध छन् भन्ने स्पष्ट भएको पनि बताए । “जनता प्रतिगनकारी कमदका विरुद्ध छन् भन्ने पहिलो एपिसोडमा देखिसकिएको छ,” उनले भने ।