रुकमांगत कटुवाल गृहमन्त्री बन्ने चर्चा !

प्रधानमन्त्री केपी शर्मा ओलीले रुकमांगत कटुवाललाई गृहमन्त्री बनाउन चाहेको चर्चा चुलिएको छ।

कटुवाल प्रकरणका कारण प्रचण्डको पहिलो कार्यकाल सकिएको थियो । प्रचण्डले तत्कालीन प्रधानसेनापति रुक्मांगत कटुवाल परिवर्तन गर्ने दुस्साहस गरेका थिए । पशुपतिनाथको भट्ट पुजारी फेर्ने र कटुवाललाई परिवर्तन गर्ने विषय चर्किंदै जाँदा सत्ता साझेदार दल एमालेले साथ छोडेपछि २८० दिन सत्ताको स्वाद चाखेर २०६६ जेठ ११ गते प्रचण्डले प्रधानमन्त्रीबाट हात धुनु परेको थियो।

तत्कालिन सेनापती कटुवाललाई आफ्नो कार्यकाल थप्ने कटुवालको तीव्र इक्षा तत्कालीन प्रधानमंत्री माधब नेपालका कारण तुहिएको थियो ।

माधब नेपाललाई आफूले प्रधानमन्त्री बनाएको खुलेयाम गफ दिन थालेपछि नेपाल कटुवालसँग चिडिएका थिए । कटुवाललाई गृहमन्त्री बनाएर प्रचण्ड विरोधी र राजाबादीको मन जित्न सकिने ओलीको बुझाई छ।

यता ईश्वर पोखरेलले गृहमन्त्रीको आश गरिरहेका छन।

कटुवाललाई गणतन्त्र विरोधी भएको आरोप लाग्ने गरेको छ । अमेरीकाको भर्जिनियामा भएको एक कार्यक्रममा कटुवालले संघियताका कारण देश टुक्रिने प्रतिक्रिया दिएका थिए ।

गणतन्तन्त्र आउन नदिन रुक्मांगत कटुवालले भरमग्दुर प्रयास गरेको नेपाली सेनाका पुर्व प्रधान सेनापती तुलबहादुर खड्का बताउँछन । खड्का भन्छन्, ‘गणतन्त्र ल्याउन दिन, नदिन कटुवालले के कति भुमिका खेले भन्ने दुनियाँसामु जगजाहेर रहेको छ।’