सदन थारो गाईजस्तै भएकाले अन्तिम विकल्प यही थियोः पूर्वमन्त्री बस्नेत

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीको कदम जनतामा जान नसक्नेले मात्र विरोध गरेको बताएका छन् ।

पूर्वमन्त्री बस्नेतले सरकारले विभिन्न विकल्पहरु अवलम्बन गरिसकेपछि निकास ननिस्किएकोले अन्तिम विकल्प प्रयोग गरेको बताए ।

उनले अगाडि लेखेका छन्, ‘निकास दिन नसक्ने, वैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाई जस्तै भएको थियो, यसको विकल्प भनेको नयाँ जनमतबाट नयाँ सदन नै हो ।’

बस्नेतले यस घटनाक्रमको विरोध गर्नुको कुनै औचित्य नभएको बताउँदै सबैलाई निर्वाचनको तयारीमा लाग्न आह्वान समेत गरेका छन् ।