मुकेश अम्बानीको ताज खोस्दै गौतम अडानी, बन्दैछन् एसिया कै सर्वाधिक धनी

विश्वका तेह्रौ नम्बरका धनी मुकेश अम्बानीको एसिया कै सर्वाधिक धनीको ताज अब भारत कै अर्का व्यापारीले खोस्ने लगभग पक्का भएको छ।

सन् २०२१ को जनवरी अर्थात् पछिल्लो ५ महिनामा मात्र ३२.७ अर्व डलर सम्पत्ति थपिएपछि गौतम अडानीले अम्बानीलाई पछि पार्ने देखिएको हो।

अहिले अडानी एशियाको धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् ।

ब्लुमबर्गको अर्वपतिको सूचकाङ्कका अनुसार गौतम अडानी एसियाका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा आएका हुन्।

उनले चीनका अर्वपति झोंग शानशानलाई पछाडि छोडेका हुन्।