जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?

कांग्रेस नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटन विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने जानकारी दिएका छन् । पौडेलले भनेका छनः ‘यो एकाएक आएको होइन, अस्ती बेलुकादेखि तानाबाना बुनिँदै थियो । यो अहिलेको मात्रै घटना होइन ।

शुरुदेखि नै यो संसद फाल्ने, परिवर्तनलाई उल्ट्याउने, संविधान फाल्ने, समावेशी लोकतन्त्रलाई सिध्याउने गरिएको थियो, यो त्यसैको निरन्तरता पनि हो ।’‘हामी कानुनी र राजनीतिक लडाईं लड्छौं । शव गाड्न जनताले साथ पाएका छैनन् ।आर्यघाटमा शव जलाउन सकिने अवस्था छैन’, उनले भने, ‘जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?’

यसैबीच विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउावलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् ।केही बेरमा पांच दलको बानेश्वरमा बैठक बसेर त्यरबारेमा निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको वि’द्रोही समूह (माधव नेपाल समूह) र राष्ट्रिय जनमोर्चाको बैठक बसेर संघर्षका कार्यक्रम तय गर्ने भएको छ ।

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि नेता पौडेलले भने, ‘बानेश्वरमा सर्वदलीय बैठक गर्ने र हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल गर्छौं।’

गत राती संसद विघटन भएर मध्यावधि घोषणा भएपछि र आफूहरुको पक्षमा प्रष्ट बहुमत भएको अवस्थामा जालझेल गरेर प्रधानमन्त्री नवनाइएको भन्दै विपक्षी दलहरु आक्रोशित भएका छन् । विपक्षी गठवन्धनको पक्षमा १४९ जना सांसदहरुले हस्तक्षर नै गरेका थिए ।