स्वास्थ्य मन्त्रालयका गाडीको दुरुपयोग, मन्त्रीका छोरादेखि सचिवकी छोरीसम्मको रजाइँ

काठमाडौ । भीआईपी र भीभीआईपीका सन्तानले राज्यकोष दोहन गरेको खबर यदाकता आइरहन्छन् । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध गराइएको छ। स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवकी छोरीसम्मले रजाइँ गरिरहेको समाचार नागरिक दैनिकमा छ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सचिवालयका लागि नौवटा सवारीसाधनको व्यवस्थापन गरिएको विवरण प्राप्त भइएको छ। ती सवारीसाधन मन्त्रालय र स्वास्थ्य सेवा विभागको स्वामित्वमा छन्।