शंकर पोखरेल भन्छन् – ‘संसद विघटन भएपछि ओलीप्रति सहानुभूति बढ्दैछ’

काठमाडौं– नेकपा एमाले स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताएका छ्न्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले असंसदीय र अराजक कर्मको कुनै कमजोरी नदेख्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन्।

“आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क.ओलीप्रति सहानुभूती वढदै छ” पोखरेलले लेखेका छन्।