‘देश र जनतामाथि कुठाराघात भयो’ – भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतामाथि कुठाराघात गरेको बताउनुभएको छ।

उहाँले भन्नुभयो प्रधानमन्त्री ओलीले हाँस्यास्पद काम गर्नुभयो। राष्ट्रपतिले सदर गर्नुभयो। यो संवैधानिक र राजनीतिक रुपमा गलत छ, राष्ट्रपतिले सरकार नबनोस् भनेरनै सरकार गठनका लागि छोटो समय दिएर आह्वान गर्नुभएको थियो। विपक्षी दल र हामीले पुर्‍याएको बहुमतलाई बेवास्ता गरियो।