कम उमेरमै उच्च पदमा रहेकी रस्मी

जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ । त्यो व्यक्ति सफल पनि हुन्छ । सफलताका लागि लगाब, मिहिनेत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ । युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन् । त्यही युवालाई प्रतिनिधित्व गर्ने एक युवती हुन्– रस्मी पन्त । जो अहिले प्रभु बैंकको ‘चिफ कर्पोरेट प्लानिङ अफिसर’ को पदीय जिम्मेवारीमा छिन् । ३१ वर्षीय पन्त तीन वर्ष अघि नै प्रभु बैंकको मानव संशासन विभाग प्रमुख (एचआर हेड) भैसकेकी हुन् ।

पन्तको उमेर समूहका धेरै युवा जागिरको खोजीमा छन् । तर, उनी तिनै तन्नेरीको ‘इभ्यालुएसन’ गरेर बैंकमा कर्मचारी नियुक्त गर्छिन् । उनले बैंकमा २१ सय कर्मचारीको विभागीय प्रमुख एचआर हेडहख रुपमा काम गरिरहेकी छिन् । गन्तव्य पहिचान नगरी भौँतारिरहेका युवाका लागि उनी आदर्श बन्न सक्छिन् । उनको प्रष्ट दृष्टिकोण र लाइफ प्लानले ‘करिअर’लाई अघि बढ्न सहयोग पुगेको छ । उनबाट नयाँ पुस्ताले धेरै सिक्न सक्छ ।

कञ्चनपुरको महेन्द्रनगर नगरपालिका वडा नं १८ की पन्त बैंकिङ करिअरमा कम उमेरमै उच्च पदमा पुग्ने बैंकर महिलामा पर्छिन् । बैंकिङ क्षेत्रमा प्रवेश गरेको छोटो समयमै उच्च पदीय जिम्मेवारी सफलताका साथ पूरा गरेकी छिन् । पन्तले ‘विनापरिश्रम फल त्यसै फल्दैन, परिश्रम निरन्तर गरिरहनुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरिन् । त्यही आदर्शलाई मूल मन्त्र बनाएर अघि बढ्दा उनलाई सफलताको सिँढी चढ्न सघाउ पुगेको छ ।

पन्त आफ्नो दायित्व पूरा गर्दै बैंकको उच्च पद प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुग्न ‘गोरेटो’ बनाउँदै छिन् । नेपालको बैंकिङ इतिहासमा २८ वटा कमर्सिलय बैंकमा अहिलेसम्म एक जना मात्र महिला सिइओ छन् । सबैतिर ३३ प्रतिशत महिला सहभागिताको कुरा भैरहेका बेला बैंकिङ क्षेत्रको उच्च पदमा महिलाको किन खडेरी छ त ? त्यो ‘स्पेस’लाई पूरा गर्ने उनको दृढता छ । पुरा पढ्नुहोस…