लमजुङमा पुनः भूकम्पको धक्का महसुस

काठमाडाै- लमजुङमा पुन: भूकम्पको धक्का महसुस गरिएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार मध्यरात अर्थात १२:१३ मिनेटमा मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बुधबार बिहान ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएपछि यहाँ पटकपटक परकम्प गइरहेको केन्द्रले जनाएको छ।