ओलीलाई गगनको प्रश्न : १५३ जनाको समर्थन थियो भने विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको ?

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु अवैधानिक र अनैतिक भएको दाबी गरेका छन् । एक दिन अघि मात्र प्रधानमन्त्री ओली आफैले विश्वासको मत लिन सक्दिनँ भन्नु तर आज १५३ जनाको समर्थन रहेको दाबी गर्नु फेरि अर्को जालझेल भएको दाबी गरेका हुन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन् :
१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने। अब फेरी जालझेल!

यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!! नभए भिर बाट खस्ने लाई राम राम !