माधव पक्षधर २६ सांसदलाई साधारण सदस्यपनि नरहनेगरि कारबाही गर्ने एमालेको निर्णय

नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर गर्ने २६ जना सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने निर्णय गरेको छ । र, उक्त निर्णय राष्टपति कार्यालयमा समेत बुझाईएको स्रोतको दाबी छ ।

राष्टपति विद्यादेवी भण्डारीले तोकेको समयमा नै कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष बहुमत सांसदहरुको हस्ताक्षरसहित शितलनिवास पुगेका थिए ।

कांग्रेसको ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षधका २६, जसपाको १२ र जनमोर्चाको १ सांसदको हस्ताक्षर रहेको छ ।

एमालेले माधव नेपाल पक्षधर सांसदहरुको हस्ताक्षरलाई मान्यता नदिनसमेत भनेको छ । धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर र वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।