प्रधानमन्त्री देखेर लाज पनि लजाएको छ : विश्‍वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमत छैन भनेर विश्वासको मत लिन छोडेर भागेका प्रधानमन्त्री देखेर दुनियाँ हाँसेको टिप्पणी गरेका छन् ।

शर्माले ट्वीटरमा लेखे ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले ‘बहुमत छ’ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ ! लाज स्वयं लजाएको छ !’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति महोदया ! सतिसालको शीरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो ! अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?’