योगेशले भने- जीवनकै सबैभन्दा कठिन दिन आज

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विग्रह उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै पार्टीको सरकारविरुद्ध २७ सांसद लिएर विपक्षी गठबन्धनको कित्तामा उभिएपछि एमाले विभाजनको संघारमा छ ।

नेता योगेश भट्टराई भने नेता माधवकुमार नेपालको यो निर्णयबाट पछाडि हटेका छन् । उनले विपक्षी गठबन्धनका तर्फबाट अघि सारिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि कुनै पनि हस्ताक्षर नगरेको बताएका छन् ।

उनले भने मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।

उनले हस्ताक्षर गर्न नमानेपछि उनको नाम काटेर गठबन्धनका तर्फबाट दाबी प्रस्तुत गरिएको नेताहरूले जनाएका छन् ।

उनले पार्टी एकता जोगाउने प्रयास स्वरूप आफूले यो बाटो रोजेको बताए । “म पार्टी एकता जोगाउनुपर्छ भन्नेमा कटिबद्ध छु । म अझै एकता जोगाउन प्रयासरत पनि छु । हेरौँ, कतिसम्म सकिन्छ,” उनले भने ।