‘विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ’ – शर्मा

काठमाडाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको बताएका छन्।

बिहीबारमात्रै बहुमत जुटाउन नसक्ने निष्कर्षका साथ मार्गप्रशस्त गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमालेका १२१ सांसद आफैंले र जसपाका ३२ जनाको सांसद महन्थ ठाकुर र राजेन्द्र महतोले गरेको बताएका थिए।

‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ १ लाज स्वयं लजाएको छ १,’ उनले लेखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत अलमलमा नपरीकन संस्थाको गरिमा जोगाउन उनले सुझाव दिएका छन्।

‘राष्ट्रपति महोदया १ सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो। अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ रु,’ उनले प्रश्न गरेका छन्।