आफ्नै गाउँ पुग्दा कमलाले पाइन् यति ठूलो सम्मान, गाउन जस्तै नाच्न पनि उस्तै सिपालु (भिडियो)

काठमाडौं। लोकदोहोरीवाट निकै चर्चा बटुलेकी ११ वर्षीया बालिका कमला घिमिरे आफ्नै घर धादिँग पुग्दा सम्मानित भएकी छन् । उनलाई आफ्नो ठाउँको मान बढाएको भन्दै सम्मान गरिएको छ । उनले आफुलाई यो अवस्था सम्म पुर्याउनेहरुलाई धन्यवाद दिएकी छन् । प्रगतिशिल महिला समुहले उनलाई सम्मान गरेको छ । त्यो सम्मानका लागि पनि सबैलाई धन्यवाद दिएकी छन् । गलबन्दी च्यातियो गीत गाएको देखेका दर्शकले उनलको त्यो गीत निकै मन पराएका थिए ।

उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको थियो । भदौको ७ गते तीज गीत कार्यक्रम भएको बेलामा उनी त्यहाँ सहभागी भएर गीत गाएकी थिइन् । त्यतीबेला उनले गाएको गीत सबैले मन पराए । यतिबेला भने हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ। ठाउको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् ।

कमला घिमिरलाई धादिँगमा वडा कार्यालयले शनिवार फेरी सम्मान गरेको हो । राजु परियारसंग इन्द्रेणीमा गीत गाएपछि उनी झन लोकपृय भएकी छन् । उनलाई सहयोग गरिरहेका अग्नी सापकोटालाई पनि कमलाले धन्यवाद दिएकी छन् । सापकोटाले पनि सम्मान कार्यक्रममा मन्तब्य राख्दै कमलाको भविष्यको आफुहरुलाई निकै चिन्ता भएको बताएका छन् । उनलाई कार्यक्रमका लागि ठाउँ ठाउँमा लिएर जाँला पढाई बिग्रन सक्ने भन्दै गुनासो आइरहेको भन्दै त्यस्ता गुनासाहरुप्रति गम्भिर भएको उनको भनाई छ । कमला लोक दोहोरी गीत गाउन मात्र होइन नाच्नमा पनि उत्तिकै सिपालु छन् । सम्मान कार्यक्रममा बजेको दोहोरी गीतमा उनी निकै राम्रो नाचेको भिडियोमा देख्न सकिन्छ ।