सकियो राष्ट्रपतिले दिएको समय, ७६ (५) को प्रधानमन्त्रीका लागि ओली र देउवाको दावी

ष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री दावी गर्न दिएको समय सकिएको छ ।

शुक्रवार ५ बजेसम्मको समय दिइएकोमा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् ।

जसपाका सांसदसहित ओलीले १५३ संसदको समर्थन भएको दावी पेश गरेका छन् भने देउवाले माओवादी, उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका सांसद सहित १४९ को दावी पेश गरेका छन् ।