कोरोना जोखिमले गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित

कोरोनाभाइरस महामारीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ ।

सोले शुक्रबार विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो ।

विज्ञप्तीमा उल्लेख छ- कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं ।

यो साता कुनैपनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं ।’ परिस्थिती अनुकूल भए अर्को सातादेखि सो नियमित हुने समेत जनाइएको छ ।