बाबुराम भट्टराईको ट्वीट, ‘प्रमुख प्रतिपक्षी दलको नेताको दाबी टार्ने ठाउँ छैन ’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नका निम्ति गरेको प्रस्तावलाई जालझेल गरी टार्ने ठाउँ नभएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव पेश गर्न शितलनिवास पुगेका डा.भट्टराईले ट्वीट गर्दै भनेका छन्’ ‘ धारा ७६ (२) बमोजिम १४९ सांसदहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाइृ कुनै किन्तुपरन्तु जालझेल गरी टार्ने ठाउँ छैन । खुराफात शीरोमणिहरुले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी गर्नुपर्छ ।’