देउवाले एमाले सांसदहरूको कीर्ते हस्ताक्षर बोकेको पुष्टि, हस्ताक्षर गरेको छैन सांसद पाण्डे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको कीर्ते हस्ताक्षर बोकेर शितल निवास पुगेको पुष्टि भएको छ ।

देउवाले हस्ताक्षर भनेर नाम लिएर गएका एमालेका संसददहरूले आफूले शेरबहादुरदेउवालाइ प्रधानमन्त्री बनाउन कुनै पनि हस्ताक्षर नगरेको जानकारी दिनुभएको छ ।

नेकपा एमालेको विवाद समाधान कार्यदलका सदस्य समेत रहनुभएका एमाले नेता सुरेन्द्र पाण्डेले पनि आफूहरूले देउवालाइ प्रधानमन्त्री बनाउने भनेर कुनै हस्ताक्षर नगरेको जानकारी गराउनुभएको छ ।

उहाँले हस्ताक्षर दुरूपयोग भएको समेत बताउनु भएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन अनुपस्थित भएका सबै सांसदको पुरानो हस्ताक्षर बोकेर लगेको बुझिएको छ ।

पाण्डे लगायतका नेताहरूको असहमतिका बाबजुद माधव नेपालले हस्ताक्षर बुझाउनुभएको छ । संसदको अर्थ समितिको हलमा भएको छलफल पनि पाण्डेले कांग्रेसका लागि हस्ताक्षर गर्न नसक्ने जनाएपछि नेपाल कसैसँग नबोली निस्कनुभएको थियो । पछि माधव नेपाल खोज्दै उहाँ कहाँ जानुभयो भन्दै हिड्नुभएको थियो ।