माधव पक्षका धराने सांसद राई भन्छन्- मैले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन

सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

आफू एमाले विभाजन कुनै पनि हस्ताक्षरमा सहभागी नभएको राईले नेपाल प्रेसलाई बताए ।

उनले भने, “म एमाले एकताको पक्षमा छु।

एमालेका लाखौं नेताकार्यकर्ताको भावनालाई सम्मान गर्दै म पार्टी विभाजनको पक्षमा कतै हस्ताक्षर गरेर सहभागी भएको छैन । हुन्न ।”