राष्ट्रपतिसँग एक घण्टा छलफल गरेर शितलनिवासबाट बाहिरिए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शितलनिवासबाट बाहिरिएका छन् । करिब एक घण्टा भेटवार्ता गरेर उनी शितलनिवासबाट बालुवाटार हिँडेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

राष्ट्रपतिले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको लागि समय दिएकी छिन् । त्यो भन्दा अघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नेगरि १४९ जना सांसदहरुको हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु शितलनिवास पुगिसकेका छन् ।

देउवालाई माओवादी केन्द्रसँगै एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षधर सांसदहरुको साथ छ