सुरेन्द्र पाण्डेले भने – ‘देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन’

काठमाडौं । नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए । पाण्डेले भने- पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ । कांग्रेस नेता गगन थापाका अनुसार एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि देउवालाई अघि सारिएको थापाले बताए । राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि नेताहरु शीतल निवास गएको थापाले बताए ।