प्रधानमन्त्री शीतलनिवास पुगे

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

उनी केहीबेरअघि त्यहाँ पुगेको उच्च स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीले सरकारको दाबी गर्न पुगे नपुगेको बारेमा भने केही बताइएको छैन ।

यता विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास जाँदैछन् ।