बेगनास तालमा एक युवकको शव भेटियो

पोखरास्थित बेगनास तालमा एक युवकको श’व भेटिएको छ । शब बिहीबार बिहानदेखि वेपत्ता भएका कास्की माझठाना घर भइ हाल पोखरा –२७ मा बसोबास गर्दै आएका ४२ वर्षीय राजुप्रसाद भुर्तेलको भएको प्रहरीले जनाएको छ ।

विना सूचना बिहीबार बिहानदेखि बेपत्ता भएका भुर्तेलको खोजीमा रहेका परिवारका सदस्य र प्रहरी टोलीले उनको श’व वेगनास तालमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

भुर्तेलको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको उनले बताए । अनुसार छ । भुर्तेलको मृ’त्युको कारण खुल्न नसकेको र अनुसन्धान शुरु गरिएको डिएसपी हमालले बताए ।