देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर संकलन, हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय जाँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयतर्फ लागेका छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको छ ।