सामूहिक राजीनामा दिने विषयमा छलफल गर्दैछौं– रामकुमारी झाँक्री

नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सांसदहरूले आजै सामूहिक राजीनामा दिने विषयमा छलफल शुरू गरेका छन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा भइरहेको छलफलमा मुलुकलाई वैकल्पिक सरकार दिन सामूहिक राजीनामा दिने विकल्पमा छलफल भइरहेको हो ।

खनाल-नेपाल पक्षका कम्तिमा २० सांसदले राजीनामा दिएको खण्डमा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षको समर्थनमा सरकार बन्न सक्छ ।

बैठकमा सामूहिक राजीनामाको विकल्पमा छलफल भइरहेको एमाले सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

खनाल-नेपाल पक्षले यसअघि पटक-पटक राजीनामा दिने तयारी गरेपनि रोकिँदै आएको थियो ।