मृ’त्युलाई पनि जित्ने, काललाई पनि जित्ने महाँकाल हुन केपी ओली !

खड्गप्रसाद शर्मा ओली नेपालका राजनीतिज्ञ तथा वर्तमान प्रधानमन्त्री हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। यिनी नेकपा का वर्तमान अध्यक्ष हुन्।

सामाजिक सन्जालमा अस्मिता थापा लेख्छिन: सानैमा आमाले छोडेर जानुभयो र केहि वर्ष पछि साँपले पनि डस्यो,कति सहन गर्न सक्दो रहेछ त्यो जिर्ण शरीरले ,पंचायतले त्यहि शरीरलाई १४ वर्ष डस्यो।

हेलिकप्टर दुर्घटनाले पनि त्यहि शरीरलाई झण्डै सकेन। १० वर्षे द्वन्दले पनि सकेको भए बाँकी राख्थेन।भुकम्पको कुरा छाडौँ,नाका बन्दीले गल्न सकेन,२०७४ को स्थानिय चुनाबमा सबै एकातिर उहाँको नेतृत्व एकातिर पनि ढाल्न सकेन।

राष्ट्रियताको सवालमा कसैसँग गल्न जानेन दुई दुई पटक मृर्गौला फेर्दा पनि हिम्मत हारेन मृत्युलाई पनि जित्यो, साँचो अर्थमा भन्नुपर्दा काललाई जित्ने महाँकाल हुन केपी ओली ।