राजेन्द्र महतो भन्छन्–औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री हिजो संधिवान संसोधन गर्न तयार भए

जनता समाजवादी पार्टी (जसपा)को बरिष्ठ नेतार राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संसोधन गर्न तयार भएको बताएका छन् ।

बल्ल हिजो औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो औचित्य, आवश्यकता देखे सिंहरबास्थित आफू पक्षीय सांसदहरुको बैठकमा जानुअघि संवादाताहरुसँग उनले भने, संविधान संसोधन सुझावका लागि हिजो मन्त्रिपरिषद्बाट कार्यदल गठन भएको छ ।

अब संविधान संसोधन अगाडि बढाउनलाई के के अगाडि बढाउने हो त्यसमा छलफल हुन्छ । त्यो कार्यदलले अध्यन गरेर सुझा दिन्छ ।’

उनले नागरिकता सम्बन्धीअध्यादेश समेत आएको बताए । यो देशका लाखौं नागरिक अधिकार नपाएर बन्चित थिए’ उनले भने, त्यो संवेदनशिल विधेयक तीन वर्षदेखि अड्काएर राखेका थिए।’