राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल हो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्र विरुद्धको खेल रहेको टिप्पणी गरेका छन् ।

शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने भनेर कुरा आइरहेकोतर्फ संकेत गर्दै गणतन्त्रविरुद्ध खेल नखेल्न आग्रह गरे ।

‘राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा निर्णय गर्ने हो । राष्ट्रपतिमाथिको आक्रोश किन ?’ उनले भने, ‘गणतन्त्र विरुद्धको खेल हो राष्ट्रपतिको विरोध । गणतन्त्रको प्रतिक हो राष्ट्रपति, राजतन्त्रको प्रतिक हो राजा ।