नेपाली दुई शिक्षक भारतमा सम्मानित

काठमाडौं। शिक्षक दिवसका अवसरमा भारतीय एक संस्थाले नेपालगञ्जका दुई शिक्षकलाई सम्मान गरेको छ। काव्य रंगोली हिन्दी साहित्य पत्रिका तथा श्याम सौभाग्य फाउन्डेसनले शुक्रवार भारतको लखीमपुरमा एक कार्यक्रमबीच नेपालगन्जका शिक्षकद्वय मनोजराजा श्रीवास्तव तथा कृष्णादेवी पाण्डेलाई दोसल्लासहित मायाको चिनो, कदर पत्रबाट सम्मान गरेको हो।

उनीहरु दुवैजनाले शिक्षा क्षेत्रमा यहाँ अतुलनीय योगदान पुर्याएको मुल्यांकन गर्दै सो सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मानित शिक्षक श्रीवास्तव , नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर अध्यक्ष हुनुहुन्छ । उहाँ अस्थायीसहित १९ वर्षदेखि अध्यापनरत हुनुहुन्छ । त्यस्तै गरि, सम्मानित शिक्षक पाण्डे शिक्षण पेशासंगै सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।