विपक्षी गठबन्धनको बैठकपछि प्रचण्डले भने– ‘अबको एक आधा घण्टामा उपयुक्त निर्णय लिन्छौं’

कांग्रेसको आह्वानमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको एक आधा घण्टाभित्रै उपयुक्त निर्णय लिइने बताए ।

‘राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल भयो । कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको छ,’ प्रचण्डले भने, ‘अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिन्छौं ।