२१ जना सांसदसहित जसपाको ठाकुर पक्ष ओली सरकारमा जान सहमत

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्यका लागि तयार भएको छ ।प्रधानमन्त्री ओलीले जसपाका माग पुरा गरेको र केही प्रकृयामा रहेकाले सत्ता सहकार्यका लागि तयार भएको जसपाका एक सांसदले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसंग बिहीबार राती भएको भेटमा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सहमति जनाएका हुन् ।सत्ता सहकार्यका लागि जसपाले १० वटा मन्त्रालय मागेपनि ओलीले ८ वटा मन्त्रालय दिने बताएका छन् । यसमा जसपाले सहमति जनाइसकेको छ ।

जसपाको ठुकर पक्षले २१ जना सांसद आफुहरुसंग रहेको जनाएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै ७६(५)को प्रधानमन्त्री बनाउनका लागि बहुमत जुटाउन एमालेका १ सय २१ र जसपाको २० गरी १सय ४२ जना सांसद रहेको भन्दै दाबी पेश गर्न लागिएको बताएका छन् ।

ठाकुर पक्षसंग १ सय २१ सांसद रहेपनि सांसद राजकिशोर यादव बुवाको किरियामा रहेका कारण उनको हस्ताक्षर हुन सकेको छैन । ठाकुर पक्षले सरकारमा जाने सहमति गरेपनि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने बेखबर छन् ।प्रधानमन्त्री ओलीकै कारण जसपाभित्र विवाद उत्पन्न भएको छ ।

ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गरेपनि यादव पक्ष भने ओलीलाई स’त्ताच्युत गर्न विपक्षीको ग’ठबन्धनमा सामेल हुँदै आएको छ ।हिजोको मन्त्रीपरिषद् बैठकले नागरिकतासम्बन्धी अध्यादेश ल्याउने कुरा र संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेकाले ओलीसंगै सहकार्यका लागि तयार भएको जसपा ठाकुर पक्षका सांसदहरुको भनाइ छ ।