प्रधानमन्त्रीले देशमाथि धोकाधडी गरे : डा. त्रिपाठी

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नयाँ सरकार गठनको आह्वान प्रक्रिया नै प्रथम दृष्टिमै असंवैधानिक रहेको टिप्पणी गरेका छन् ।

उनले राष्टपति विद्यादेवी भण्डारीले संविधानसम्मत् भूमिका नखेलेको टिप्पणी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को ३ अनुसार सपथ लिएको तर विश्वासको मत नलिएको भन्दै देशमाथि धोकाधडीको राजनीति गरेको पनि आरोप लगाए ।

अहिले प्रधानमन्त्रीको पद नै खाली नभएको अवस्थामा नयाँ सरकार गठन आह्वान गर्नु हाँस्यस्पद र गैरसंवैधानिक भएको त्रिपाठीको भनाई छ ।