प्रचण्डले भ्रष्टाचार गरेको भए छानबिन गरेर कारबाही गर्न प्रधानमन्त्रीलाई रञ्जित तामाङ चूनौति

नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।

उनले वर्तमान सरकार कोरोना महामारीको बेलामा पनि भ्रष्टाचार र कमिशनमा लिप्त रहेको आरोप लगाए । उनले वर्तमान सुशासनको नारा लगाएपनि भ्रष्टाचारबारे छानबिन नगरेको गुनासो पोखे ।

प्रचण्डले भ्रष्टाचार गरेको छ भन्ने लागेको हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले किन छानबिन नगरेको ? भन्दै उनले सरकारलाई छानबिन गरेर कारबाही गर्न चूनौति दिए ।