भारतीय सेनाको विमान दु’र्घटना, पाइलटको मृ’त्यु

काठमाडौं । भारतीय वायु सेनाको लडाकु विमान दु’र्घटना हुँदा पाइलटको मृ’त्यु भएको छ ।

मिग–२१ लडाकु विमान विहीबार अबेर राति पन्जाबको मोगा भन्ने स्थान नजिक दुर्घटना भएको हो । दु’र्घटनामा पाइलट अभिनव चौधरीको मृ’त्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनको शव शुक्रबार बिहान फेला परेको छ ।

विमान पश्चिमी क्षेत्रमा नियमित प्रशिक्षणमा थियो । चौधरीले सो लडाकु विमान राजस्थानको सुरतगढबाट उडाएका थिए । मिग–२१ लडाकु विमान कुनै एक समय भारतको वायु सेनाको सबैभन्दा भरपर्दो मानिन्थ्यो ।