६ वर्षिया छोरी ह’त्याको अभि’योगमा आफ्नै आमा र उनको प्रेमी प’क्रा’उ

बर्दिया। बर्दियाको बासगढीस्थित छोरीको ह’त्या गरेको आरोपमा आफ्नै आमा र उनको प्रेमी पक्राउ परेको घ’टना सार्वजनिक भएको छ।

भाद्र १८ गते राति ६ वर्षिया सिमरन हमाल आफ्नै घरको कोठामा ग’म्भीर घा’इते अबस्थामा फे’ला परेकी थिइन। र’गता’म्मै अबस्थामा रहेकी उनलाई अस्पताल पुर्याइएपछि १९ गते मृ’त्यु भएको हो। उनकी आमाले छोरी खाटबाटै लडेको बताए पनि परिवारजनले भने उनले ह’त्या नै भएको बताएका छन्।

मृ’तक सिमरनको फुपू हरिकला हमालले घ’टना बारे बताउदै भनिन्, ‘भाउजुले छोरीलाई घरमा छाडेर छिमेकीको घरमा जन्मदिनको पार्टीमा गएकी थिइन। पछि घर फर्किएर उनले छोरीलाई आफै मा’र्ने प्रयास गरी खाटबाट ल’डेको भन्दै अरुलाई गुहारिन तर उनको अनुहारमा छोरीको त्यो हालत देखेर पनि पि’डा देखिएन। भदैनी र’ग्ता’मै अवस्थामा थिइन। शरीरभर नै चो’ट नै चो’ट थियो, त्यो कोठामा इट्टाको टु क्रा पनि भेटियो।’

उनले अघि भनिन्, ‘भाउजुको परपुरुषसँग अ’नैतिक स’म्बन्ध थियो। दाई घर फर्किने दिन नजिक रहेको कारण छोरीले पोल खोल्ने ड’रले भाउजुले ह’त्या गरेको हुनुपर्छ।’

ह’त्याको आशंकामा मृ’तकको आमा र उनको प्रेमीलाई प्रहरीले हि’रासत लिएको छ।

प्रहरीले पनि घ’टनाको अनुसन्धान फितलो बनाउँदै गएको उनको आ’रोप छ। प्रहरीले घ’टना घटेको ठाउँमा सिलबन्दी समेत् नगरेको र सोधपुछ पनि बच्चाको आमासँग मात्र गरेको कारण न्याय मिल्ने आश नरहेको उनले बताईन।

विगत ७ वर्ष देखि वैदेशिक रोजगारका लागि विदेशमा रहेका हरिकलाका दाई १ महिना पछि नेपाल फर्किने तरखरमा थिए। छिमेकीको अनुसार, मृ’तककी आमाले आफन्त भन्दै धेरै परपुरुष ल्याउने गरेको थिइन। प्रहरीले भने ठोस प्रमाण हालसम्म नभेटिएको र अनुसन्धान जारी रहेको जनाएको छ।

हेर्नुहोस भिडियो :