सत्ताको खेल फुटबल जस्तै हो, केपी ओलीले अझै धेरै गोल हा’न्छनः महेश बस्नेत

नेकपा (एमाले)का प्रभावशाली नेता एवं पूर्वमन्त्री महेश बस्नेतले बहुदलीय ब्यबस्थामा खे’लिने सत्ताको खेल फुटबल जस्तै रहेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ ‘बहुदलीय ब्यबस्थामा खेलिने सत्ताको खेल फुटबल जस्तै हो आफ्नो टिमले गोल हान्न खोज्दा अर्कोले रोक्ने अर्को टिमले हान्न खोज्दा आफुले रोक्ने। जस्ले गोल गर्छ सिल्ड मेडल उसैले हात पार्छ।’

पूर्वमन्त्री बस्नेतले नेपाली राजनीतिका सफल टिम लिडर के पी ओली नै रहेको बताउनु हुँदै भन्नुभएको छ ‘अझै धेरै समय विपक्षीको कोटमा गोल छिराउदै अगाडी बडनेछन सिल्ड मेडल प्राप्त गरिरहनेछन।’ उहाँले राजनीति बिचार र सिद्धान्तको मात्र विषय नरहेको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस

बहुमत पुर्‍याएर दाबी गर, हामी बिपक्षीमा बस्न तयार छौ – पुर्वमन्त्री महेश बस्नेत